‘स्पेसल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

पाेखरा | पुस २४, २०८२

‘स्पेसल अवार्ड’मा प्राप्त रकम सहारा र एलजीलाई प्रदान

पोखरा: २२औं एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ मा स्पेसल अवार्डबाट सम्मानित तुल्सी कुमार गुरूङले आफूले प्राप्त गरेको पुरस्कार रकम पोखराका दुई क्लबलाई प्रदान गरेका छन् ।


हङकङलाई कर्मथलो बनाउँदै आएका नेपालका एक मात्र तेक्वान्दो नवौं डान प्राप्त गुरूङले अवार्डबाट प्राप्त नगद रु १ लाख दुई क्लबलाई बिहिबार एक कार्यक्रमका बीच हस्तान्तरण गरे । 


उनले सहारा क्लबको आसन्न २५औं आहा रारा पोखरा  गोल्डकपका लागि नगद रु ५० हजार आयोजक सहारा क्लबका अध्यक्ष केशव बहादुर थापा र पहिलो पटक लिगमा प्रतिनिधित्व गर्न सफल एलजी एशोसियसनका अध्यक्ष डम्बरजङ गुरूङलाई नगद रु ५० हजार हस्तान्तरण गरेका हुन् ।


रकम हस्तान्तरण गर्दै स्पेसियल अवार्डबाट सम्मानित समाजसेबी गुरूङले पोखराको फुटबल विकासमा दुबै क्लबहरुको योगदान महत्वपूर्ण रहेकोले थप उत्साह जगाउन आफूले सो रकम प्रदान गरेको जनाए । 


उनले भने–“तपाई दुबै क्लबहरु गण्डकीको शान हो । यहाँहरुले यहाँको फुटबल जोगाउन खेलेको भूमिका प्रशंसनिय छ । अब यहाँहरु दुबै क्लब अन्तर्राष्ट्रियस्तरमा नै परिचित हुने गरी फुटबलको क्षेत्रमा अघि बढनुस । पोखरालाई फुटबल मार्फत विश्वमा चिनाउन भूमिका खेल्न म शुभकामना दिन चाहन्छु ।”


कार्यक्रममा सहारा क्लबका अध्यक्ष थापा र एलजीका अध्यक्ष गुरूङले सहयोगका लागि आभार व्यक्त गरे ।


सो अवसरमा सहारा क्लबका सल्लाहकार सुनिल गुरूङ, सहारा क्लबका पूर्व अध्यक्ष बिक्रम थकाली, गण्डकी प्रदेश फुटबल संघका महासचिब बिनोद गुरूङ, सहारा क्लबका वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर गुरूङ, एलजी एशोसियसनका प्रमुख प्रशिक्षक किरण श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्